देउवा नपुगेको विशेष महाधिवेशनको सभाले गगनलाई सभापति बनाउन सक्छ ?

२०८२ पुस २८ गते

देउवा नपुगेको विशेष महाधिवेशनको सभाले गगनलाई सभापति बनाउन सक्छ ?

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाभिवेशनमा आज दोस्रो दिन बन्द सत्र शुरु भएको छ । महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापा हल भित्र प्रवेश गरिसकेका छन् । उकुसमुकुस भएको कांग्रेसमा नीति र नेतृत्व कस्तो आउला भन्ने जिज्ञासा बढिरहेको छ । पार्टीमा विद्रोह गरेर महाधिवेशनमा होमिएका महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशनमा दोस्रो दिन भइसक्दा पनि सभापति शेरबहादुर देउवा र अन्य वरिष्ठ नेताहरुको उपस्थिती देखिएको छैन । यसले कांग्रेसमा आउने अवको नेतृत्वले मान्यता पाउला त ? भन्ने प्रश्न उब्जिएका छन् । 

 

Advertisement:

Ad
Ad

यद्यपि महाधिवेशनमा होमिएका जिल्लाका प्रतिनिधीह्रुले भने जसरी पनि नयाँ नेतृत्वका रुपमा गगन थापालाई स्थापित गरेर आज हलबाट बाहिरिने बताएका छन् । आजको सूचि दर्तामा ६५प्रतिशत प्रतिनिधीको उपस्थिती रहेको हिसावले हलले सर्वस्विकार गरेर गरिने निर्णयलाई मान्यता दिइने बताएका छन् । यो निर्णयलाई पार्टीले पनि मान्यता दिनुपर्ने विशेष महाधिेशन पक्षधर प्रतिनिधीहरुको दाबी छ ।