ब्यापारीले तिर्न अटेर गर्दै आएको डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन कुलमाानको निर्देशन

२०८२ भदौ ३० गते

ब्यापारीले तिर्न अटेर गर्दै आएको डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन कुलमाानको निर्देशन

काठमाडौँ । नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गर्दै डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिएका छन् ।

लामो समयदेखि उद्योगी तथा व्यापारीहरुले लोडसेडिङको समयमा चलाएका डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता तिर्न अस्विकार गर्दै आएका थिए । व्यापारीहरुले कुलमान घिसिङले व्यापारीहरुलाई अनावश्यक दबाव दिँदै आएको र हुँदै नभएको विजुलीको बिल तिर्न लगाएको आरोप लगाउँदै आएका थिए । पाँच महिनाअघि व्यापारीकै दबावमा नेपाल विद्युत प्राधिकरणका तत्कालिन प्रबन्ध निर्देशक घिसिङलाई हटाइएको थियो । आज पदभार ग्रहण गर्दै उनले विशेष परिस्थितिमा अन्तरिम सरकार बनेको सन्दर्भ उल्लेख गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वको चुनौतीलाई सामना गर्दै जिम्मेवारी बहन गर्ने बताए । 

Advertisement:

Ad
Ad


ऊर्जासँगै थप दुई मन्त्रालयको जिम्मेवारी पाउनुभएका उनले मुलुकलाई सामान्य अवस्थामा अवतरण गराउने गरी काम गर्ने बताएका छन् ।