२०८३ भदौ २४ गते
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु भएको स्थानीय विकास साझेदारहरूको बैठक जारी छ । बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको उपस्थिति छ । बैठकमा रसुवा बाढी विपद्पछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्यांकनका विषयमा सरोकारवालाहरूबीच विस्तृत समीक्षा हुनेछ ।
प्रतिक्रिया