उकुसमुकुस कांग्रेस : 'नेतृत्वसँगै नियत फेरिनुपर्ने दवाब'

२०८२ पुस २८ गते

उकुसमुकुस कांग्रेस : 'नेतृत्वसँगै नियत फेरिनुपर्ने दवाब'

काठमाडौँ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा उपस्थित प्रतिनिधीहरुले पार्टीमा अव नेतृत्वसँगै नियत पनि फेरिनुपर्ने बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागीहरुले पार्टीमा अव गगन थापा नेतृत्वको कांग्रेस हेर्न चाहेको बताएका हुन् । उनीहरुले फुटको राजनीतिमा लगेर आगामी निर्वाचनमा जान नचाहेको बताउँदै समयको माग सँगै चुनावमा कांग्रेसलाई हाँक्ने गरी नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

 

Advertisement:

Ad
Ad

अधिकांश प्रतिनिधीहरुले कांग्रेसमा नेतृत्वमात्र नभई एउटै व्यक्तिको हालीमुहाली हुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । सहभागीहरुको एउटै स्वर छ, आजको हलले खोज्ने नेतृत्वमा एउटा व्यक्ति एउटा पदमा दुई कार्यकालभन्दा बढी बस्न नहुने, जिम्मेवारीको चेक एण्ड ब्यालेन्स हुनपर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

 

जारी महाभिवेशनको आजको बन्द सत्रले नेपाली कांग्रेसको भावी नेतृवबारे फैसला गर्ने  छ । प्रतिनिधीहरुले नयाँ नेतृत्व र सुध्रिएको कांग्रेस लिएर मात्र बाहिरिने बताएका छन् । प्रतिनिधीहरुले जनताले चाहे अनुसार काम गर्न नसकेको कारण नयाँ नेतृत्व लिएर गाउँगाउँ पुग्ने बताएका छन् ।