२०८२ भदौ २९ गते
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा गत मंगलबार तोडफोड र आगजनी भएको काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।
आगोले जलेर क्षत्विक्षत् भएको अवस्थामा शव फेला परेका हुन्। उक्त स्थानमा शुक्रबार एउटा शव भेटिएको थियो भने शनिबार थप पाँच वटा शव भेटिएका हुन्।
आगोले क्षतिग्रस्त भाटभटेनीमा ६ जनाको शव फेला परेको प्रहरी वृत्त गौशालाले जनाएको छ। ती शवको पहिचान गर्न सकिने अवस्था छैन।
शवको डीएनएपछि मात्रै शवको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ। यहाँ रहेको भाटभटेनीमा पनि तोडफोड र आगजनी भएको थियो ।
प्रतिक्रिया