जिउज्यानको सुरक्षामा गम्भीर चुनौती देखिएको भन्दै चोलेन्द्रका छोराले दिए उजुरी

२०८३ असोज १२ गते

जिउज्यानको सुरक्षामा गम्भीर चुनौती देखिएको भन्दै चोलेन्द्रका छोराले दिए उजुरी

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले आफ्नो र परिवारको जिउज्यानको सुरक्षामा गम्भीर चुनौती देखिएको भन्दै थप सुरक्षा व्यवस्था गरिदिन माग गरेका छन् ।

 

Advertisement:

Ad

उनको तर्फबाट निजको छोरा सचिन्द्र शमसेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी काठमाण्डौमा निवेदन दर्ता गराउँदै सुरक्षाको माग गरेका हुन् ।


आइतवारको उक्त पत्रमा ‘आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरी पाउँ’ भन्ने विषय राखिएको छ।


निवेदनमा देशको वर्तमान अवस्था, सामाजिक संजाल तथा मिडियाहरूमा आएका सुरक्षासम्बन्धी प्रश्नहरूका कारण परिवारको शान्ति सुरक्षामा चुनौती महसुस भएको उल्लेख गरिएको छ। विगतमा राज्यका अंगहरूमा वहन गरेका जिम्मेवारी र न्याय पालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णयहरूका कारण आफूमाथि थप असुरक्षाको महसुस भएको पत्रमा खुलाइएको छ।

 

उक्त कार्यालयमा आएपछि कतिपय कुराहरूको जानकारी पाएको उल्लेख गर्दै निवेदनमा भनिएको छ, ‘यस कारण मलाई थप सुरक्षा थप गरी पाउन यो निवेदन पेश गरेको छु । मेरो सम्पुर्ण विवरण राज्यका सुरक्षा निकायहरूलाई जानाकारी नै छ । त्यसैले मेरो निवास परिवार तथा मेरो जिउ ज्यानको सुरक्षामा राज्यको सम्पुर्ण ध्यान पुगोस भन्ने समेत निवेदन गर्दछु ।’


शनिबार मध्यरातमा सुरक्षा दिनेभन्दै सुतिरहेको स्थानबाट प्रहरीले जबरालाई उठाएर प्रहरी चौकीमा लगेपछि सरकारको आलोचना भइरहेको छ ।