२०८२ मंसिर २६ गते
काठमाडौं । नवनियुक्त चार मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा नियुक्त भएका ती मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना गरिएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्।
यसअघि मन्त्रिपरिषद् तीन पटक विस्तार गरिसकेकी प्रधानमन्त्री कार्कीले चौथो पटकको विस्तारमा परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय आफूमातहतमै राखेकी छन्।
नयाँ मन्त्रीहरूमा कुमार इङ्नामलाई भूमि व्यवस्था, राजेन्द्रसिंह भण्डारीलाई श्रम, माधव चौलागाईलाई वन तथा वातावरण, र श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।
उनीहरूले आजै शपथ लिएका हुन्। उद्योग तथा कानून मन्त्रालय सम्हालिरहेका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ भने बाँकी मन्त्रीहरूको कार्यभार यथावतै राखिएको छ।
प्रतिक्रिया