आयल निगमका प्रमुख चण्डिकाप्रसाद भट्टले दिए पदबाट राजीनामा

२०८३ वैशाख ३० गते

आयल निगमका प्रमुख चण्डिकाप्रसाद भट्टले दिए पदबाट राजीनामा

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए । सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

 

Advertisement:

Ad
Ad

भट्टलाई तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारको पालामा दोस्रो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । भट्ट त्यसअघि पनि  निगमको कार्यकारी निर्देशकका रुपमा काम गरेका थिए । उनी कार्यकारी निर्देशक हुँदै नै २०७१ असोज १३ गते आयल निगमले स्वचालित मूल्य प्रणाली शुरु गरेको थियो ।