व्यापक आलोचनापछि मुख खोले सुदन गुरुङले,'कति मलाई नक्कली बनाउनुहुन्छ'

२०८२ भदौ २९ गते

व्यापक आलोचनापछि मुख खोले सुदन गुरुङले,'कति मलाई नक्कली बनाउनुहुन्छ'

काठमाडौँ । जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका सुदन गुरुङमाथि अहिले विविध टीकाटीप्पणीहरु भइरहेको छ । उनीमाथि भारतीय,चाइनिज र विदेशी एनजीओको सञ्चालक जेनजीको नाममा घुसपैठ गरेका व्यक्ति जस्ता विविध आरोपहरु लाग्दै आएको छ ।

 

Advertisement:

Ad
Ad

सामाजिक सञ्जालमा उनी विरुद्ध अनेक नकारात्मक भिडियोहरु आइरहँदा आज रिपोर्टर्स क्लबमा बोल्दै आफू विशुद्ध नेपाली भएको प्रष्टिकरण दिएका छन् । उनले मृतक परिवार तथा घाइतेहरुको न्यायको लागि एक्लै पनि लडिरहने बताएका छन् । नेपालको मुहार परिवर्तन नभएसम्म सरकारलाई हरहालतमा सचेत गराइरहने उनको भनाई रहेको छ । 

 

उनले भने, 'म माथि नक्कली जेनजी भन्ने आरोपहरु लागिरहेको छ, जेनजी भाइहरुले मलाई नेतृत्व लिएर सेना हेडक्वार्टरमा वार्ताका लागि जान आग्रह गरेपछि म गएको हुँ । मैले शुरुमा म जाँदिन तिमिहरु जाउ, म ब्याक सपोर्टमा हुन्छु भनिरहेँ तर भाईहरुले तपाइँ जत्तिको बोल्ड व्यक्ति जानैपर्छ भनेपछि उनीहरुको आग्रह स्विकार गरेर गएको हुँ । जेनजी या अरु भन्नु भन्दा पहिला म एक नेपाली हुँ । नेपालीको आवाजलाई प्रतिनिधित्व गर्दै जानु मेरो कर्तब्य हो ठानेर म अघि सरेको हुँ यसमा धेरै दुस्प्रचार गर्न आवश्यक छैन,'उनले प्रष्ट्याएका छन् ।