२०८३ भदौ २१ गते
काठमाडौं। काठमाडौँको बिजुलीबजारको पुलको भित्तामा मधेशी समुदाय विरुद्ध भड्काउ कुरा लेख्ने विशाल गुरुङ पक्राउ परेका छन् । उनलाई हिंसात्मक र अराजक अभिव्यिक्त लेखेको आरोपमा सीसी क्यामेरा मार्फत पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
े
भित्तामा मधेशी समुदाय को सामाजिक सद्भावमा खलल पुग्ने हिसावका अभिव्यक्ति लेखिएका थिए, जुन केही दिन यता सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
पक्राउ पर्नेमा खोटाङ बाक्सिलाका ३५ वर्षीय विशाल गुरुङ छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो। उनीविरुद्ध सार्वजनिक शान्तिमा खलल पुर्याउन नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ।
प्रतिक्रिया