२०८२ मंसिर २३ गते
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको आदेशपछि आफूले राहत अनुभव गरेको बताएका छन्। उनका अनुसार, ‘घर जलेको जस्तै चोट लागेको थियो, तर अहिले हल्का महसुस भएको छ’। उनले निरन्तर प्रतिबद्धताका साथ नेपालको ऊर्जा क्षेत्रको विकासमा योगदान दिने पनि बताए।
सर्वोच्च अदालतले शाक्यलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा फर्किने आदेश दिएको हो। जेनजी आन्दोलनपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका तत्कालीन मन्त्री तथा प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए।
शाक्यले आफूविरुद्ध भएको सो निर्णय रद्द गराउन सर्वोच्चमा रिट दायर गरेका थिए। रिटको सुनुवाइपछि न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पूर्वस्थितिमा फर्काउने आदेश दिएको हो।अदालतको आदेश आएपछि सरकारले प्राधिकरणको नेतृत्व फेरि व्यवस्थापन गर्नुपर्ने बाध्यता परेको छ।
प्रतिक्रिया