बेनीघाटको पहिरोले काठमाडौं–मुग्लिन सडकखण्ड अवरुद्ध, जाममा परे यात्रु

२०८२ असोज ०७ गते

बेनीघाटको पहिरोले काठमाडौं–मुग्लिन सडकखण्ड अवरुद्ध, जाममा परे यात्रु

काठमाडौं । काठमाडौं–मुग्लिन सडकखण्ड पहिरो गएपछि अवरुद्ध भएको छ । यात्रु जाममा परेका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङखोलामा सुक्खा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

Advertisement:

Ad
Ad

पहिरो झर्ने क्रम निरन्तर छ । पहिरो पन्छाउने कामसमेत सुरु गर्न सकिएको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले यात्रामा रहेका यात्रु र आम समुदायलाई आफूलाई पाएक पर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिन आग्रह गरेको छ ।