वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश

२०८२ माघ १६ गते

वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा र निगमकै बहालवाला कर्मचारीहरूलाई ऐनविपरीत छनोट प्रक्रियामा समावेश गरिएको भन्दै परेको रिटमा अदालतले कारण देखाऊ आदेशसमेत जारी गरेको हो। न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रक्रिया अगाडि नबढाउन आदेश दिएको हो।

 

Advertisement:

Ad
Ad

नेपाल वायुसेवा निगम ऐन २०२९ अनुसार बहालवाला कर्मचारी महाप्रबन्धक पदका लागि अयोग्य हुने व्यवस्था भए पनि छनोट समितिले दुई कर्मचारीलाई सर्टलिस्ट गरेको थियो। यसअघि पनि छनोट कार्यविधि विवादित बनेको र अर्को रिट विचाराधीन रहेको अवस्थामा प्रक्रिया अघि बढाइएकाले थप विवाद सिर्जना भएको थियो। अन्तरिम आदेशसँगै निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया रोकिएको छ।