कलेजमा झण्डा र कर्मचारीतन्त्रमा अब झोला निषेध : प्रधानमन्त्री बालेन्द्र शाह

२०८३ वैशाख २२ गते

कलेजमा झण्डा र कर्मचारीतन्त्रमा अब झोला निषेध : प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट मुक्त गराउन अध्यादेश जारी भएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा लेख्दै वर्षौँदेखि व्याप्त रहेको पार्टीकरणको अन्त्य गर्दै प्रणाली सुधारका लागि यो कदम चालिएको उनले बताएका छन् ।

 

Advertisement:

Ad
Ad

उनले लेखेका छन्, 'योग्यताको कदर र दलीय 'स्लिपर सेल'को अन्त्य भएको छ । विगतका वर्षहरूमा विद्यार्थी र कर्मचारी संगठनहरू सम्बन्धित क्षेत्रको हितभन्दा पनि राजनीतिक दलका 'स्लिपर सेल'को रूपमा बढी सक्रिय रहे। जसका कारण योग्यता र क्षमताभन्दा पनि झोला र झण्डा बोक्नेहरूको मूल्य बढाइएको र यसले समग्र प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनाएको पार्टीको निष्कर्ष छ।'

 

उनले भनेका छन्,' रास्वपाले संगठन बनाउन नसकेर यसो गरेका होइनौँ, अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने विगतले देखाइसकेको छ।'