प्रधानमन्त्री शाह अमेरिकामा डोनाल्ड ट्रम्पले राखेको रात्रीभोजमा सहभागी नहुने

२०८३ भदौ २३ गते

प्रधानमन्त्री शाह अमेरिकामा डोनाल्ड ट्रम्पले राखेको रात्रीभोजमा सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यही असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन्।

 

Advertisement:

Ad
Ad

१५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने प्रधानमन्त्री बालेनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले सम्बोधनका क्रममा जलवायु परिवर्तनका कारण नेपालमा परेको असर, हिमाली क्षेत्रमा बढ्दो जोखिम र विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने सहयोगबारे विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्।

 

रसुवाको भोटेकोसीमा आएको हिमबाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री आफैँ महासभामा सहभागी भएर जलवायु परिवर्तनको मुद्दा उठाउने निर्णय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

 

प्रधानमन्त्री बालेन असोज ६ गते अपराह्न कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क जानेछन् । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असोज ६मा राखेको उच्चस्तरीय पाहुनाको सम्मानमा रात्रिभोज कार्यक्रममा भने सहभागी हुने छैनन् ।

 

“प्रधानमन्त्रीज्यू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघका महासभामा सहभागी हुन न्युयोर्क पुगेका विश्वका राष्ट्र तथा सरकार प्रमुखहरूको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुन नभ्याउनुहुने भएको छ,” परराष्ट्र स्रोतले भन्यो ।

 

यद्यपि प्रधानमन्त्रीले भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।