२०८२ फागुन २६ गते
काठमाडौं। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुने चरणमा पुगेपछि नयाँ सरकार गठन कहिले हुन्छ भन्ने चासो बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएपछि बालेन्द्र शाह नेतृत्वको सरकार चैतको दोस्रो सातामा मात्रै बन्न सक्ने अनुमान गरिएको छ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार र संवैधानिक प्रक्रियाका कारण चैत १०–१२ गतेतिर मात्र नयाँ प्रधानमन्त्री नियुक्त हुने सम्भावना छ।
समानुपातिकतर्फको मतगणना सम्पन्न गरिसकेपछि समानुपातिक सिट बाँडफाँट, दलहरूले बन्दसूचीबाट उम्मेदवार छनोट गर्ने प्रक्रिया र अन्तिम नतिजा घोषणा गर्न केही दिन लाग्नेछ।
सबै प्रक्रिया पूरा भएपछि आयोगले समग्र प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनेछ। त्यसपछि दलहरूले संसदीय दलको नेता चयन गरेपछि मात्र नयाँ सरकार गठनको बाटो खुल्नेछ।
प्रतिक्रिया