बालेनले सार्वजनिक गरे चुनावी खर्च,कति भयो खर्च ?

२०८२ फागुन २५ गते

बालेनले सार्वजनिक गरे चुनावी खर्च,कति भयो खर्च ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)०का नेता तथा झापा क्षेत्र नम्बर ५ बाट जित हासिल गरेका बालेन्द्र शाह ९बालेन०ले चुनावी खर्च सार्वजनिक गरेका छन् । बालेनले सोमबार निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण अनुसार उनले प्रतिनिधिसभा निर्वाचनको लागि जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका छन् ।

बालेनले चुनावी खर्चमा जम्मा ५८ जनालाई खाजा खुवाएको उल्लेख छ । यस्तो खाजा खर्च जम्मा २८ हजार ९७० रुपैयाँ रहेको छ ।बालेनले १५ दिन सवारी साधान चलाउँदा २ लाख ९३ हजार ८ सय , ५ पटक झापा आउँदा जादाको हवाई भाडामा ३५ हजार, झापाका २९ वटा वडानमा १५ दिन गरिएको प्रचारको कार्यक्रममा भएको खर्च ५ लाख ८० हजार भएको उल्लेख छ ।

Advertisement:

Ad
Ad


उनले नमूना मतपत्र छपाईमा ४९ हजार ८५०, झाप ५ को क्षेत्रीय निर्वाचन कार्यलय संचालन र पानीमा भएको खर्च १ लाख २० हजार, स्टेसनरी खर्च २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।

 

प्रचार झन्डा र ब्याजको प्रसार सामग्री छपाइमा १ लाख ६५ हजार ४१, ब्यानर र स्टिकर छपाइमा १ लाख १९ हजार ८०८ र मनोनय दतामा भएको खर्च १० हजार गरी जम्मा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको पनि विवरण बालेनले निर्वाचन आयोगमा बुझाएका छन् ।