आर्थिक लेनदेन रोक्न वैदेशिक रोजगार विभागको सबै कोठामा सीसीटीभी जडान

२०८२ चैत २० गते

आर्थिक लेनदेन रोक्न वैदेशिक रोजगार विभागको सबै कोठामा सीसीटीभी जडान

काठमाडौँ । वैदेशिक रोजगार विभागले कार्यालय भित्रका सबै कार्यकक्षमा सीसीटीभी जडान गरेको छ । बिचौलिया,भ्रष्टाचार लेनदेनका घटना सुनिने मध्येको एक विभागमा पारदर्शिता र सुशासन कायम गर्न सीसीटीभी जडान गरिएको विभागकी महानिर्देशक मिरा आचार्यको भनाई छ । 


शुक्रबार पत्रकार सम्मेलनमा विभागकी महानिर्देशक आचार्यले विभागबाट हुने काम कारबाही र काममा संलग्न जनशक्तिलाई सुक्ष्म निगरानी गर्न कर्मचारीको कार्यकक्षमा सीसीटीभी क्यामेरा जडान गरी महानिर्देशकको कार्यकक्षबाट निगरानी गर्ने व्यवस्था मिलाइएको बताइन् । उनले नवगठित सरकारका मूख्य सचिव सुमन अर्यालको निर्देशनमा बिहीबार जारी परिपत्रमा उल्लेख भएबमोजिम यदी सरकारी कार्यालयमा भ्रष्टाचार गरेको भेटिए पाइए जोसुकै संलग्न भएपनि कार्यालय प्रमुख जिम्मेवार हुने भनिएको कुरालाई सघाउन सहयोगी हुने बताइन् ।  

Advertisement:

Ad
Ad