भीषण बाढीले १५ वटा हाइड्रोवापर कम्पनीमा ठूलो क्षति,कुन कुन आयोजना परे ?

२०८३ भदौ १० गते

भीषण बाढीले  १५ वटा हाइड्रोवापर कम्पनीमा ठूलो क्षति,कुन कुन आयोजना परे ?

काठमाडौं । बुधबार बिहान रसुवामा आएको भीषण बाढीका कारण नेपालका विभिन्न जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १५ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।

 

Advertisement:

Ad
Ad

प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित आयोजनामध्ये १० वटा सञ्चालनमा रहेका छन् भने ५ वटा निर्माणाधीन अवस्थामा छन्। सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता ३५९ मेगावाट रहेको छ भने निर्माणाधीन आयोजनाको कुल क्षमता ३९४ मेगावाट रहेको छ।

 

बाढीबाट रसुवा जिल्लाका जलविद्युत् आयोजना पूर्ण क्षतिग्रस्त भएका छन्। रसुवामा सञ्चालनमा रहेका ५ वटा आयोजनाको कुल क्षमता २३६ मेगावाट रहेको छ भने निर्माणाधीन ३ वटा आयोजनाको क्षमता ३४२ मेगावाट रहेको विवरणमा उल्लेख छ।

 

रसुवामा माथिल्लो त्रिशूली–१, रसुवागढी जलविद्युत् आयोजना, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, सान्जेन खोला, मैलङ खोला, लाङटाङ खोला र चिलिमे लगायतका आयोजना प्रभावित भएका छन्। तीमध्ये माथिल्लो त्रिशूली–१ को क्षमता २१६ मेगावाट, रसुवागढीको १११ मेगावाट र रसुवा–भोटेकोशीको १२० मेगावाट रहेको छ।

 

त्यस्तै, नुवाकोट जिल्लामा पनि बाढीका कारण जलविद्युत् आयोजनामा ठूलो असर परेको छ। जिल्लामा सञ्चालनमा रहेका ५ वटा आयोजनाको कुल क्षमता १२३ मेगावाट तथा निर्माणाधीन २ वटा आयोजनाको कुल क्षमता ५२.६ मेगावाट रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

 

नुवाकोटमा त्रिशूली जलविद्युत् आयोजना, देवीघाट जलविद्युत् आयोजना, माथिल्लो त्रिशूली–३ए, माथिल्लो त्रिशूली–३बी, मिडल त्रिशूली गंगा तथा २५ मेगावाट क्षमताको सोलार आयोजना प्रभावित आयोजनाको सूचीमा छन्।

 

बाढीबाट आयोजनाका उत्पादन प्रणाली, पहुँचमार्ग तथा अन्य पूर्वाधारमा परेको क्षतिको थप विवरण संकलन भइरहेको छ। प्रारम्भिक तथ्यांक भएकाले क्षतिको वास्तविक परिमाण थप अध्ययन तथा स्थलगत निरीक्षणपछि अझ बढ्ने आशंका गरिएको छ ।