२०८२ असोज ०६ गते
काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले घाइतेहरुलाई गर्ने सहयोग नरोकिने बताएकी छिन् । एक अनलाइनसँगको अन्तरवार्ताका क्रममा उनले जेनजी आन्दोलनका क्रममा घाइते भएका अधिकांश युवाहरुको आर्थिक स्थिती अत्यन्त नाजुक रहेको र सहयोगका लागि उनीहरुले गरेको याचनाले आफूलाई सहयोग गर्न थप हौसला मिलेको बताएकी हुन् । उनी भन्छिन्, 'जहिलेसम्म घाइते भाई बहिनीहरुले दिदि मलाई सहयोग चाहिएको छ भनेर फोन गर्न छाड्दैनन् तबसम्म म सहयोग गरिरहन्छु ।'
जेनजी आन्दोलनमा घाइते भएका युवाहरुलाई नगद तथा रासन पानी बोकेर घरघरै पुगेपछि यतिखेर देश विदेश सबैतिर आशिकाको उदारता र दयाभावको चर्चा भैरहेको छ । आशिकाले आफू व्यक्तिगत र सहयोगी मनहरुले पठाएको सहयोगले सबै घाइते तथा अति आवश्यक भएकाहरुलाई २५ हजारदेखि १ लाखसम्म नगद सहयोग तथा चामल तेल लत्ताकपडा दिएर सहयोग गरिरहेकी छिन् । आन्दोलनका घाइतेहरुलाई सहयोग लिएर भेट्दा सबैको मुहारमा खुशी पाएको उनी बताउँछिन् । घाइतेहरुले आफ्नो पीडा भुलेर परिवर्तन हुनेमा आशावादी रहेको तामाङको अनुभव छ । आशिका भन्छिन्, 'नयाँ सरकारको प्रधानमन्त्रीले सर्वप्रथम घाइतेहरुको उपचार र व्यवस्थापनमा ध्यान दिनपर्छ ।'
प्रतिक्रिया