२०८३ असार ०४ गते
काठमाडौं । राहदानी छपाइसम्बन्धी भ्रष्टाचार प्रकरणको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन सूचना जारी गरेको छ।
आयोगले सार्वजनिक गरेको सूचनाअनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ निवासी आरजु राणा देउवा ९६५० लाई सूचना बुझेको वा घरदैलोमा टाँस भएको मितिबाट बाटोको म्यादबाहेक तीन दिनभित्र आयोगको महाशाखा नं. १२, कोठा नं. १२, टंगालस्थित कार्यालयमा उपस्थित हुन भनिएको छ।
वादी नेपाल सरकार र प्रतिवादी आरजु राणा देउवा समेत रहेको राहदानी छपाइसम्बन्धी भ्रष्टाचारजन्य कसुरको उजुरीमाथि अनुसन्धानका क्रममा बयान आवश्यक भएकाले सूचना जारी गरिएको आयोगले जनाएको छ।
आयोगले तोकिएको समयभित्र उपस्थित नभए कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ। उक्त सूचना २०८३ असार २ गते जारी गरिएको हो।
प्रतिक्रिया