अर्घाखाँचीमा बस दुर्घटना, २ को मृत्यु २५ घाइते

२०८३ वैशाख २९ गते

अर्घाखाँचीमा बस दुर्घटना, २ को मृत्यु २५ घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका ८ कुडेलेमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा मङ्गलवार पाणिनी–८ दुर्गाफाँट कुडुलेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Advertisement:

Ad
Ad

मृतकहरूको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि सन्धिखर्क र पाल्पाको तानसेन लगिएको प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिए । 

बस ओरालो झर्दा ब्रेक फेल भएको हुनसक्ने उनले बताए । बस सडक देखी करिब एक सय मिटर तल खसेको छ ।