ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस : रवि र बालेनको भूमिका उल्लेख

२०८२ फागुन २५ गते

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस : रवि र बालेनको भूमिका उल्लेख

काठमाडौँ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित उच्चपदस्थमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।

आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक ९आईजीपी० चन्द्रकुवेर खापुङ, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

Advertisement:

Ad
Ad

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको आयोग ५ असोजमा गठन भएको थियो । आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ ।


प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछाने २४ भदौमा ललितपुरस्थित नक्खु कारागारबाट बाहिर निस्किएको घटनादेखि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहसम्मको भूमिकाबारे समेत उल्लेख गरिएको उनले जानकारी दिए ।

भदौको २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो ।