आजदेखि साताव्यापी सार्वजनिक बिदा,गाउँ फर्किनेहरुको भीड

२०८२ फागुन १८ गते

आजदेखि साताव्यापी सार्वजनिक बिदा,गाउँ फर्किनेहरुको भीड

काठमाडौँ । आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ । फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ । 


त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ । २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले साताव्यापी सार्वजनिक बिदाको अवसर जुटेको हो । 

Advertisement:

Ad
Ad

 

साताव्यापी सार्वजनिक बिदा भएसँगै निर्वाचनको लागि गाउँ फर्कनेहरू बढेका छन् । काठमाडौँ उपत्यकाका मुख्य नाका तथा बसपार्कहरूमा यात्रुको भिड लाग्न थालेको छ ।