बाढीले अवरुद्ध नाका खोल्न कसिए कुलमान, १० दिनभित्र सडक सञ्चालनमा ल्याउने तयारी

२०८२ असोज ०२ गते

बाढीले अवरुद्ध नाका खोल्न कसिए कुलमान, १० दिनभित्र सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । उर्जा जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले दशैंअघि भोटेकोशी नदीको बाढीले क्षति पुर्‍याएको स्याफ्रुवेसी–रसुवागढी सडक सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । उनको निर्देशनपछि सडक विभागले तातोपानी र टिमुरे क्षेत्रमा नयाँ ट्रयाक खोल्न थालेको छ। जटिल भूगोल र वर्षाले काममा कठिनाइ भए पनि अबको १० दिनभित्र सडक सञ्चालनमा ल्याउने तयारी छ।

गत असार र साउनमा आएको बाढीले उक्त सडक खण्डको करिब १।९ किलोमिटर भाग कटान गरेको थियो, जसका कारण साउन १४ गतेदेखि यातायात अवरुद्ध छ।

Advertisement:

Ad
Ad

यसैबीच, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दशैंअघि तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन निर्देशन दिएका छन्। कोदारीस्थित इको पहिरोका कारण सडक पूर्ण अवरुद्ध भएको छ भने चीनतर्फ करिब १५ सय कन्टेनर रोकिएका छन्।

सडक खुलाउन युद्धस्तरमा काम भइरहेको छ भने दीर्घकालीन समाधानका लागि ग्याबिन पर्खालजस्ता संरचना निर्माणको योजना बनाइँदैछ।