बन्यो आठ सदस्यीय मन्त्रिपरिषद्, नयाँ मन्त्रीहरुको सपथ आज दुई बजे

२०८२ असोज ०६ गते

बन्यो आठ सदस्यीय मन्त्रिपरिषद्, नयाँ मन्त्रीहरुको सपथ आज दुई बजे

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आठ सदस्यीय मन्त्रिपरिषद् बनाएकी छिन् ।

दोस्रो चरणमा असोज ५ गते आइतबार थप पाँच मन्त्री सिफारिस गरिएसँगै काकी नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रिमण्डल बनेको हो ।आइतबार सिफरिसमा परेका मन्त्रीहरुमा  पूर्वन्यायाधीश अनिल सिन्हा, डा. संगिता मिश्र, जगदीश खरेल, महावीर पुन, र डा. मदन परियार रहेका छन् । उनीहरूको शपथ आज अपरान्ह २ बजे हुँदैछ ।

Advertisement:

Ad
Ad

 

प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । त्यस्तै, अतिरिक्त स्वास्थ्य सचिव डा। मिश्रालाई स्वास्थ्यमन्त्रीमा पत्रकार जगदिश खरेललाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा महाबिर पुनलाई शिक्षा विज्ञान तथा प्रविधीमन्त्रीमा सिफारिस गरेकी छिन् । 

 

जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारमा भदौ ३० मा पहिलो चरणमा रामेश्वर खनाल (अर्थ), कुलमान घिसिङ (ऊर्जा, पूर्वाधार), र ओमप्रकाश अर्याल (गृह, कानून)मन्त्रीका रुपमा  नियुक्त भएका थिए।


प्रधानमन्त्री कार्कीले पेशागत विविधता भएका व्यक्तिहरूलाई समेट्दै सरकारलाई पूर्णता दिएकी हुन्।