अफताब आलमलाई राखिएको नक्खु कारागारको ‘सीआरसी’ ब्लकमा रहनेछन् रवि,कारागार बाहिर ओइरिए समर्थक

२०८२ साउन ३१ गते

अफताब आलमलाई राखिएको नक्खु कारागारको ‘सीआरसी’ ब्लकमा रहनेछन् रवि,कारागार बाहिर ओइरिए समर्थक

काठमाडौँ । रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ ।उनलाई ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ । विगतमा यही ब्लकमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई पनि राखिएको थियो । हाल आलम उच्च अदालतले सफाइ दिएपछि थुनाबाहिर छन् ।

 

Advertisement:

Ad
Ad

कारागार स्रोतका अनुसार, रविलाई राखिएको ब्लकमा करिब ४ सय कैदीबन्दी राखिएको छ । रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको छ । कारागार सरुवाका लागि सभापति लामिछानेले दिएको निवेदनका आधारमा हिजो विभागले नक्खु कारागार सार्ने निर्णय गरेको थियो । उक्त निर्णय विभागले हिजो राति नै रुपन्देही कारागारमा पठाएको थियो । सोही आधारमा आज उनलाई कारागार सरुवा गरिएको कारागारका सूचना अधिकारी जोशीले बताए।  

 

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उनलाई जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँबाट आवश्यक सुरक्षा व्यवस्थाका साथ गाडीमा नक्खु लगिएको हो । लामिछानेलाई ल्याउन लागिएपछि समर्थक र कार्यकर्ता नक्खु कारागार क्षेत्र र विमानस्थल क्षेत्रमा उपस्थिति भएका थिए ।

भीड बढी भएकाले उनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल आयल निगमको बाटो भएर विमानस्थलबाट नक्खु लगिएको थियो ।