म पदको रसस्वादन गर्न आएको होइन : प्रधानमन्त्री कार्की

२०८२ भदौ २९ गते

म पदको रसस्वादन गर्न आएको होइन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै आफू पदको लोभ लालचमा सरकारमा नआएको बताएकी छिन् ।उनले आइतबार प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गर्दै आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको स्पष्ट पारेकी छन् । 

उनले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई सहज र नयाँ पुस्ताको भावनाअनुसार अघि बढ्नुपर्ने पनि बताइन् । 'यो उमेरमा म रहरले आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो , म विवश हुनुपर्‍यो सत्ताको रसास्वादन गर्न आएको होइन,’ उनको भनाई छ ।

Advertisement:

Ad
Ad