भौतिक संरचना जलेर हामी शून्यमा पुगेका छौँ,शुन्यबाट फेरी उठ्नु छ : प्रधानमन्त्री

२०८२ भदौ २९ गते

भौतिक संरचना जलेर हामी शून्यमा पुगेका छौँ,शुन्यबाट फेरी उठ्नु छ : प्रधानमन्त्री

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले अदालतका कागजपत्र मिसिलहरु हराएकोमा आपत्ति प्रकट गरेकी छिन्। पदभार ग्रहण गर्ने क्रममा सम्बोधन गर्दै उनले आपराधिक मनस्थितीमा घुसपैठ गरेकाहरुले छानिछानी अदालत प्रशासनका कागजपत्रहरु जलाउन उद्दत भएकाप्रति दुःख व्यक्त गरेकी छिन् ।

 

Advertisement:

Ad
Ad

उनले सम्बोधनका क्रममा भौतिक संरचना त जलेपनि भोलि बनाउन सकिने तर प्रशासनिक कागजपत्र मिसिलहरु कहिल्यै पाउन नसकिने हुँदा ठूलो नोक्शानीमा पुगेको बताएकी छिन् । अधिकांश सरकारी संरचना जलाएर खरानी हुँदा फेरी शून्यमा पुगेको बताइन् ।