२०८२ कात्तिक १९ गते
काठमाडौँ । नवगठित पार्टी नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अब देशकै नम्वर १ पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिगामी षड्यन्त्रकारीहरुलाई यो मिलन मन नपरेको भएपनि त्यसको खासै वास्ता नहुने बताए ।
उनले भने, गणतन्त्रको रक्षाको निम्ती पनि हामीले अझै धेरै गर्नु छ । ठुलो पार्टी बनाएर कृषि उद्योग पर्यटनमा धेरै काम गर्नुपर्ने छ । नयाँ शिराबाट समीक्षा गरेर जनतालाई केन्द्र बिन्दुमा राखेर जानु पर्ने छ । नेपालमा यो पार्टी देशको १ नम्बर पार्टी बन्न अब कसैले रोक्दैन । कसैलाई टाउको दुखेको पनि हुन सक्छ ।समाजवादको दिशा उन्मुख भएर अघि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया