२०८३ जेठ १३ गते
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबारको कारोबारमा सामान्य अंकले बढेर बन्द भएको छ। कारोबारको अन्त्यमा नेप्से ४.९९ अंकले बढ्दै २,७८२.१० विन्दुमा पुगेको हो।
दिनभर उतारचढाव देखिएको बजार अन्ततः हरियो संकेतसहित बन्द भएको छ। आज कुल ६ अर्ब ३ करोड रुपैयाँभन्दा बढी बराबरको शेयर कारोबार भएको छ भने १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर खरिद–बिक्री भएको छ।
बजारमा सकारात्मक माहोल देखिँदा १५१ कम्पनीको शेयर मूल्य बढेको, १०५ कम्पनीको घटेको र १४ कम्पनीको मूल्य स्थिर रहेको छ। आज कुल ६० हजार ५६२ पटकको कारोबारमार्फत ३५४ वटा धितोपत्र किनबेच भएका छन्। बजारको कुल पुँजीकरण रु. ४७ खर्ब ४६ अर्ब ८२ करोड पुगेको छ।
प्रतिक्रिया