एनसेल कार्यालयमा तोडफोड, आगजनी र डकैती विरुद्ध प्रहरीमा उजुरी

२०८२ भदौ ३० गते

एनसेल कार्यालयमा तोडफोड, आगजनी र डकैती विरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । एनसेलले जेनजी आन्दोलनका क्रममा तोडफोड गरी लाइसेन्स, लालपूर्जा जलाउनेको तस्विरसहित प्रहरीमा दियो उजुरी
काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलले २४ भदौमा जेनजी आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र डकैती घटनाबारे जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दिएको छ। लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’ मा प्रदर्शनका क्रममा आपराधिक समूहले योजना गरेर कम्पनीको ठूलो क्षति गराएको उजुरीमा उल्लेख छ।

एनसेलका अनुसार, प्रदर्शनकारीले सुरक्षा गार्डलाई धम्क्याएर एउटा कोठामा थुनेपछि कार्यालयमा प्रवेश गरी ग्राहक सेवा केन्द्र, रिसेप्सन, मिटिङ हल लगायत सबै १० तला पुगेर तोडफोड गरेका थिए। साथै, कम्प्युटर, टिभी, ल्यापटप, कागजात, गहना, र अन्य व्यक्तिगत सामान लुटेका थिए ।

Advertisement:

Ad
Ad

उजुरीमा उल्लेख भएअनुसार, कम्पनीका र थर्ड पार्टीबाट भाडामा लिइएका सवारी साधनका साँचो लिएर ती गाडीहरूमा आगजनी गरिएको र केही गाडी कार्यालय बाहिर ल्याई जलाएर पूर्णरूपमा ध्वस्त बनाइएको छ। यसले कम्पनीलाई ठूलो आर्थिक र भौतिक क्षति पुगेको छ।

एनसेलले घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउन सीसीटीभी फुटेज र क्षतिको प्रारम्भिक विवरण प्रहरीलाई उपलब्ध गराएको छ। सम्पत्तिको वास्तविक मूल्यांकन प्रक्रिया जारी रहेकाले थप विवरण पछि बुझाउने कम्पनीले जनाएको छ। एनसेलले दोषीलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ।