ट्रम्पलाई झट्का : एच–वानबी भिसा शुल्क गैरकानुनी ठहर

२०८३ जेठ २६ गते

ट्रम्पलाई झट्का : एच–वानबी भिसा शुल्क गैरकानुनी ठहर

अमेरिकी संघीय अदालतले उच्च दक्ष विदेशी कामदारका लागि एच–वानबी भिसामा लगाइएको १ लाख डलर शुल्क खारेज गरेको छ। बोस्टनका न्यायाधीश लियो सोरोकिनले उक्त शुल्कलाई गैरकानुनी करको संज्ञा दिँदै संसद्को स्वीकृतिविना राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो कर लगाउन नसक्ने फैसला सुनाएका हुन्।

 

Advertisement:

Ad
Ad

ट्रम्प प्रशासनले शुल्कलाई विदेशी नागरिकको प्रवेश नियन्त्रण गर्न लगाइएको दण्ड भएको दाबी गरे पनि अदालतले त्यसलाई करको रूपमा व्याख्या गरेको छ। शुल्क लागू भएपछि एच–वानबी भिसाको मागसमेत घटेको अदालतमा पेश भएका कागजातले देखाएका छन्।

 

यता ह्वाइट हाउसले भने राष्ट्रपतिसँग यस्तो अधिकार रहेको दाबी गर्दै अदालतको आदेशविरुद्ध पुनरावेदन गर्ने जनाएको छ। ट्रम्प प्रशासनले एच–वानबी भिसा प्रक्रियामा थप कडाइ गर्दै उच्च दक्ष र बढी पारिश्रमिक पाउने कामदारलाई प्राथमिकता दिने नीति अघि बढाइरहेको छ।