नेपालको विपत्तिमा ट्रम्पको चासो, सहयोग पठाउँदै अमेरिका

२०८३ भदौ १२ गते

नेपालको विपत्तिमा ट्रम्पको चासो, सहयोग पठाउँदै अमेरिका

नेपालमा आएको प्राकृतिक विपत्ति र हराइरहेका अमेरिकी नागरिकबारे पत्रकारले सोधेको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको बाढी–पहिरोको घटना निकै दुःखद र विनाशकारी भएको बताएका छन्।

 

Advertisement:

Ad
Ad

ट्रम्पले अमेरिकाले नेपाल सरकारसँग सम्पर्क गरी आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रस्ताव गरिसकेको जानकारी दिए। नेपाल र अमेरिकाबीचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै उनले बाढी, पहिरो तथा हिलोका कारण भएको क्षति अत्यन्तै भयावह रहेको बताए।

उनले नेपालमा राहत तथा आवश्यक सहयोग पठाउने काम भइरहेको जानकारी दिँदै त्यहाँ रहेका करिब ५० देखि ६० जना अमेरिकी नागरिकको अवस्थाबारे पनि विवरण संकलन भइरहेको बताए।