अब नेपालका सीए र एकाउण्टेण्टलाई विश्व बजारले 'आउटसोर्सिङ'गर्न सक्ने, आइक्यानले सार्वजनिक गर्यो 'गेन' परियोजना

२०८२ पुस २३ गते

अब नेपालका सीए र एकाउण्टेण्टलाई विश्व बजारले 'आउटसोर्सिङ'गर्न सक्ने, आइक्यानले सार्वजनिक गर्यो 'गेन' परियोजना

काठमाडौँ । आइक्यानले नेपाल चार्टर्ड एकाउण्टेन्ट संस्था आइक्यानले नेपालका चार्टर्ड एकाउण्टेन्ट र एकाउण्टेन्टहरुलाई विश्वबजारमा 'आउटसोर्सिङ' गराउने उद्देश्यका साथ पहिलो पटक 'गेन' परियोजना सार्वजनिक गरेको छ ।'गेन' परियोजना मार्फत नेपालका चार्टर्ड एकाउण्टेन्ट र एकाउण्टेन्टहरुलाई डिजिटल प्लाटफर्म मार्फत विश्वका जुनकुनै मुलुकसँग लेखा परीक्षण तथा लेखा सम्वन्धि कामका लागि जोड्ने काम गरिने आइक्यानका अध्यक्ष नीलबहादुर सारु मगरले बताए । 

 

Advertisement:

Ad
Ad

'विश्व बजारमा नेपालको बारे सकारात्मक भन्दा पनि नकारात्मक कुरो बढी पुग्ने गरेको छ, रेमिट्यान्सले धानेको मुलुक भनेर चिनिँदै आएकामा नेपाल अब  एकाउण्टिङ आउटसोर्सिङमा हब हो भनेर सन्देश दिन जरुरी छ,'अध्यक्ष मगरले भने ।हाल अमेरिका,यूके जस्ता मुलुकमा ३० प्रतिशतका दरले एकाउण्टेन्ट घटिरहेको र ती देशका कम्पनीहरुमा उच्च क्षमताका एकाउण्टेन्टहरुको माग भैरहेको आइक्यानको भनाई छ ।

 

यो समयमा नेपालले आइक्यानमा अध्ययनरत विदार्थी तथा व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीहरुलाई शीप सिकाएर तयार गर्ने जनाएको छ । हाल देशभरी १४हजार एकाउण्टिङका विद्यार्थीहरु रहेका र वार्षिक ९ सयका हाराहारीमा दक्ष अडिटर उत्पादन भैरहेको आइक्यानले जनाएको छ ।