मध्यपूर्वका ९ देशले हवाई क्षेत्र बन्द गरेपछि नेपालबाट हुने ८० प्रतिशत अन्तर्राष्ट्रिय उडान प्रभावित

२०८२ फागुन १८ गते

मध्यपूर्वका ९ देशले हवाई क्षेत्र बन्द गरेपछि नेपालबाट हुने ८० प्रतिशत अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौँ । अमेरिका–इरानबीचको तनावका कारण मध्यपूर्वका ९ देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने करिब ८० प्रतिशत अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनतर्फका अधिकांश उडान रद्द हुँदा विमानस्थल सुनसानजस्तै बनेको छ।

 

Advertisement:

Ad
Ad

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दैनिक करिब १८ अन्तर्राष्ट्रिय उडान हुनेमा धेरैजसो रद्द भएका छन्, जसका कारण दैनिक झन्डै ५ हजार यात्रु प्रभावित भएका छन्। शनिबार र आइतबार मात्र करिब १० हजार यात्रु नेपालमै रोकिएको बताइएको छ। प्राधिकरणले सम्बन्धित एयरलाइन्ससँग समन्वय गरी यात्रु व्यवस्थापन गरिरहेको जनाएको छ। नेपाली आकाशमा भने कुनै प्रतिबन्ध नलागेको स्पष्ट पारिएको छ।