अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले १ खर्ब निक्षेप खिच्दै

२०८२ फागुन १९ गते

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले १ खर्ब निक्षेप खिच्दै

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता नियन्त्रण गर्न ६ दिनका लागि १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। मंगलबार निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाइनेछ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमार्फत सहभागी हुन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँबाट बोलकबोल गर्न पाइनेछ र अधिकतम रकम पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेश गर्नुपर्नेछ।

Advertisement:

Ad
Ad

 

ब्याजदर बोलकबोलकै आधारमा तय हुनेछ भने सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिँदै रकम बाँडफाँट गरिनेछ। संकलित रकमको साँवा र ब्याज फागुन २५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।