२०८३ असोज ०६ गते
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन् ।
आफ्नो अनुपस्थितिमा प्रधानमन्त्री शाहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सुम्पिएका छन् । प्रधानमन्त्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वाग्लेलाई जिम्मेवारी दिन सिफारिस गरेका थिए। उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उनी यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ।
प्रतिक्रिया