७ दिनभित्र कार्यपालिका बैठक डाक्न मेयर बालेनलाई उपमेयर सुनिता सहित ४० जनाको अल्टिमेटम

२०८२ जेठ १२ गते

७ दिनभित्र कार्यपालिका बैठक डाक्न मेयर बालेनलाई उपमेयर सुनिता सहित ४० जनाको अल्टिमेटम

काठमाडौँ  । उपमेयर सुनिता डंगोल सहित महानगरपालिकाका अध्यक्षहरुले सात दिन भित्र कार्यपालिका बैठक डाक्न महानगरपालिका प्रमुख बालेन साहलाई अल्टिमेटम दिएका छन् । सोमबार उपमेयर सुनिता डंगोलको नेतृत्वमा महानगरका सबै वडाअध्यक्षह्रुले हस्ताक्षर गरी मेयर साहलाई पत्र बुझाएका हुन् ।

गत पुष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न सकेको छैन । मेयर साहलाई बुझाइएको पत्रमा उपाध्यक्ष सहित प्रवक्ता कर्मचारी गरी ४० जनाको हस्ताक्षर रहेको छ । 

Advertisement:

Ad
Ad

पछिल्लो समय महानगरपालिका भित्र द्वन्द बढ्दै गएको छ । मेयर र अन्य कर्मचारीबीच समन्वय हुन नसक्दा काम कारबाहीहरु प्रभावित बनेका छन् । फरक राजनीतिक आस्थाका कारण मेयर र उपमेयरबीच सम्वन्ध चिसिएको मात्र छैन, बोलचाल समेत बन्द भएको छ ।