२०८२ फागुन २५ गते
पहिलो सर्किट लगेर खुलेको केहि बेरमै दोस्रो सर्किट ब्रेकर लागेको छ। सूचक तीव्र रूपमा बढेपछि शेयर कारोबार पुनः ४० मिनेटका लागि स्थगित गरिएको हो।
यसअघि आजै बजार खुलेको १ मिनेटमै नेप्से ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो। त्यसपछि नियमअनुसार कारोबार २० मिनेटका लागि रोकिएको थियो।
२० मिनेटपछि बिहान ११ बजेर २१ मिनेटमा पुनः खुलेको बजार फेरि तीव्र गतिमा उकालो लाग्यो। बजार खुलेको करिब १५ सेकेन्डमै नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेकर सक्रिय हुँदै कारोबार फेरि ४० मिनेटका लागि स्थगित भएको हो।
हालसम्म नेप्से परिसूचक १३५.७२ अंकले बढेर २८४८.२२ विन्दुमा पुगेको छ। सो अवधिसम्म २४७ वटा स्टकको २ हजार ३०८ पटक कारोबार भई २८ करोड ५१ लाख २५ हजार रुपैयाँ बराबरको ५ लाख ३५ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया