कलंकी बसन्धारा सडक बिस्तार गर्न १ अर्ब २४ करोड विनियोजन, काम अघि बढ्ने विश्वास

२०८२ जेठ १५ गते

कलंकी बसन्धारा सडक बिस्तार गर्न १ अर्ब २४ करोड विनियोजन, काम अघि बढ्ने विश्वास

काठमाडौँ । सरकारले कलंकी महाराजगञ्ज सडक बिस्तार गर्न १ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । ८ लेन सडक बिस्तार गर्ने गरी विगत ५ वर्ष अघिदेखि काम अघि बढाइएपनि बजेट अभावमा काम हुन सकेको छैन । यस वर्ष सरकारले बजेट सुनिस्चितता  गरेसँगै काम अघि बढ्ने विश्वास लिइएको छ । 

 

Advertisement:

Ad
Ad

८ दशमलमव २ किलोमिटर लम्बाइ विस्तार गरी आठ लेनको बनाउन पाँच वर्षअघि नै सन् २०१९ मा नेपाल सरकार र चिनियाँ सरकारबीच सम्झौता भएको थियो तर पाँच वर्षसम्म पनि विस्तारको काम शून्य अवस्थामै छ। सडक नबन्दा सडक आसपासका सर्वसाधारणले धुलो र हिलोका कारण सास्ती र हैरानी खेपिरहेका छन् ।