नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।