८७ हजार ८ सय ७७ ग्यास सिलिण्डर रिफिल गरी काठमाडौं ल्याइयो

२०८३ भदौ २१ गते

८७ हजार ८ सय ७७ ग्यास सिलिण्डर रिफिल गरी काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले  १८ गतेदेखि २० गतेसम्म विभिन्न १६ वटा ग्यास ब्राण्डका कुल ८७,८७७ सिलिण्डरहरू रिफिल गरी काठमाडौं ल्याएको छ ।  निगमले सुचना जारी गर्दै तीन दिनमा यति परिणाममा ग्यास ल्याएको जनाएको हो । 

 

Advertisement:

Ad
Ad

निगमको केन्द्रीय कार्यालय, बबरमहलले जारी गरेको सूचना अनुसार काठमाडौं, धादिङ तथा काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगहरूका ग्यास सिलिण्डरहरूलाई तराईका विभिन्न जिल्लाका उद्योगहरूमा रिफिल गरी काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ । बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरी जिल्लामा अवस्थित उद्योगहरूबाट ग्यास रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याई बिक्री वितरण भइरहेको निगमले जनाएको छ ।