इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा व्यापक हमला बढाएको छ। बीबीसीका अनुसार तेहरानले इजरेलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकामा ती धेरैजसोलाई निस्तेज पारिएको छ।
केही हमला इराक र यमनबाट समेत भएको इजरेली सेनाका प्रवक्ताले जनाएका छन्। मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन्।
इरानको रिभोल्युशनरी गार्डस्ले एक विज्ञप्तिमार्फत ती हमलालाई इजरेली अपराधको जवाफ भएको बताएको छ। जसमा उसले एप्रिलको सुरुमा सिरियास्थित इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ।
नेपाललाई पर्न सक्ने असर-
इरान र इजरायलबीच युद्ध लम्बिएमा यसको असर दक्षिण एसियाली क्षेत्रमा पर्ने अनुमान गरिएको छ । युद्धले निरन्तरता पाएको खण्डमा विश्वनै विभाजित हुन सक्ने देखिएको छ । विशेषगरी चीन, रुस, पाकिस्तान लगायतका देशहरु इरानको पक्षमा उभिने सम्भावना देखिन्छ भने अमेरिका बेलायत तथा नेटोमा आवद्ध राष्ट्रहरु इजरायलको पक्षमा जान सक्ने बुझिएको छ । यसो भएमा इन्धन खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीको उत्पादनदेखि बिक्री वितरणमा प्रत्यक्ष असर पुग्नेछ र स्वभाविक रुपमा ती बस्तुहरुको मूल्य बढ्न जानेछ ।
नेपाल जस्तो तेस्रो मुलुकको उत्पादनमा निर्भर राष्ट्रलाई यसले ठूलो चुनौति सृजना गर्ने देखिएको छ । यो युद्धको तत्कालिन असर इरानलाई अन्य मुलुकले लगाउने आर्थिक नाकाबन्दीबाट शुरु हुन सक्ने आर्थिक क्षेत्रका जानकारहरुले अनुमान गरेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !