२०८० सालको अन्तिम कारोबार दिन शुक्रबार भने सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । आज एक लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँको उच्चस्तरमा पुगेको थियो । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
आईतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर एक हजार ७०० रुपैयाँमा किनबेच हुँदै छ । शुक्रबार प्रतितोला एक हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !