आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै मुद्दा दायर गरेकाे हाे । मेयर थापाले २०७४ असोजदेखि २०७९ माघसम्ममा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको पाइएकाे छ । तर आयोगकाे अनुसन्धानमा साेहि अवधिमा उनले १३ करोड २० रुपैयाँ लगानी र खर्च गरेको देखिएकाे हाे ।
यसरी उनकाे आम्दानी र खर्च नमिल्दा ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले कमाएकाे अनुसन्धानमा देखिएकाे अख्तियारले जनाएकाे छ । सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुल उपर गर्न अख्तियारकाे माग रहेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !