अज्ञात समुहले व्यवसायी दुर्गा प्रसाईमाथि कालोमोसो दलेको छ। सोमबार एल्लो प्यागोडा होटलमा केही युवाले उनीमाथि कालोमोसो दलेका हुन् ।
सोमबार सो होटलमा प्रसाईले पत्रकार सम्मेलन आयोजना गरेका थिए । होटलको पहिलो तल्लामा पत्रकार सम्मेलन थियो । कार्यक्रम सकेर प्रसाई ग्राउण्ड फ्लोरमा गएका थिए । सोहि समयमा ७/८ जना युवाको समुहले उनीविरुद्द नाराबाजी गर्दै उनलाई कालोमोसो दलेको हो ।
कसले कालोमोसो दलेको हो भन्ने प्रष्ट भएको छैन । यद्यपि नाराबाजी गर्ने युवाहरुले ‘युवा संघ-जिंन्दाबाद’ भन्दै नाराबाजी गरेकोले उनीहरुले नै कालोमोसो दलेको हुनसक्ने प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !