काठमाडौं । एक वाणिज्य बैंक सहित तीन कम्पनीको संस्थापक शेयर शुक्रवारदेखि विक्रीमा आएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको २ हजार कित्ता , सानिमा बैंकको ६८ हजार कित्ता र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार ९९४ कित्ता संस्थापक शेयर विक्रीमा आएको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । तीन कम्पनीमध्ये सानीमा बैंकले शेयरको मूल्य प्रतिकित्ता १५० रूपैयाँ तोकेको छ । अन्य दुई कम्पनीले भने मूल्य खुलाएका छैनन् । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । सानिमा बैंकको शेयर खरीद गर्नका लागि केन्द्रिय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा, किसान लघुवित्तको शेयर खरीदका लागि कैलाली र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर खरीदका लागि केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका न् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !