काठमाडौं। भगवति हाइड्रोपावर कम्पनीले नगद लाभांश घोषणा गरेको छ। भगवति हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने लघुवित्तले घोषणा गरेको हो। मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय सदर गरेको छ।
सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएमा आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। कम्पनीले पुस २४ गते साधारणसभा आह्वान गरेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !