काठमाडौँ । नयाँ सत्ता समीकरणपछिको सरकारमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । माओवादीले बुधबार पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो । पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए ।
२०६४ सालबाट संसदीय यात्रा सुरु गरेका पुन पहिलो पटक २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए । त्यस्तै २०६८ सालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका उनी २०७४ मा ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए । पुन माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वासपात्र मानिन्छन् ।
नयाँ अर्थमन्त्रीको काँधमा चौतर्फी मन्दीको अवस्थामा पुगेको अर्थतन्त्रलाई डोर्याउने चुनौति छ पुनले सामना गर्न सक्लान् या नसक्लान् त्यो अव आउने दिनले बताउने छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !